Friday, July 13, 2012

अध्यक्ष खनाललगायतका एमाले नेताहरु पोर्तुगल आउने

लिस्बोन, २९ असार । नेपाली लोकतान्त्रीक मंच (एनडिएफ) युरोप भेला र पोर्चुगलको दोश्रो अधिवेशनका लागि एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरु पोर्तुगल आउने भएका छन् । यही जुलाई २१, २२ र २३ मा पोर्तुगलको राजधानी लिस्वनमा हुने हुने कार्यक्रममा नेताहरु यहाँ आउने जानकारी दिइएको छ ।

खनालसँगै स्थायी समिति सदस्य भीम रावल, पोलिटव्युरो सदस्य प्रकाश ज्वाला र वैकल्पिक पोलिटव्युरो सदस्य अरुण नेपाल पनि आउने छन् । एनडीएफ, पोर्तुगल महासचिव उमेश चौलागाईंका अनुसार स्पेनको अधिवेशनपछि नेताहरु पोर्तुगल आउँदैछन् । 

जुलाई २१ मा युरोपियन समितिको बैठक, २२ मा दुवै कार्यक्रमको उदघाटन सत्र हुने छ । लगतै बन्द सत्रबाट नयां कार्यसमिति बनाउदै भेलाको समापन हुनेछ । जुलाई २२ मा मार्केस दो पोम्बालस्थित होटल फेनीक्समा हुने खुला उदघाटन कार्यक्रममा उपस्थित भैदिन पोर्चुगलमा रहेका नेपालीहरुलाई नेपाली लोकतान्त्रीक मंच युरोप तथा पोर्चुगलले अनुरोध गरेका छन् ।

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।