Saturday, July 7, 2012

एफएम प्रबन्ध निर्देशक मृत अवस्थामा फेला परे

काठमाडौं, २३ असार । बिन्दास एफएम वीरगञ्जका प्रबन्ध निर्देशक सन्तोष गुप्ताको भारतमा हत्या भएको छ । रक्सौल बैंकरोड (भारत) निवासी गुप्तालाई गए राति ढाका चिरैया भन्ने स्थानमा अज्ञात समुहले हत्या गरेको हो । 

भारतीय प्रहरीका अनुसार बिहारको पुर्वी चम्पारण जिल्लाको ढाका चिरैयास्थित फुलबारीमा आज बिहान गुप्ता मृत अबस्थामा फेला परेका हुन् ।

उनलाई गए राति अज्ञात समुहले गोली प्रहार गरेर हत्या गरिएको भारतीय प्रहरीको अनुमान रहेको छ । गुप्ता भारतीय जाली नोटको कारोवारी भएको र त्यसकै कारोबारमा उत्पन्न विवादका कारण उनको हत्या भएको हुनसक्ने शंका प्रहरीको छ । 

यादवको शव पोष्टमार्टमका लागि भारतीय प्रहरीले मोतीहारी अस्पतालमा लगेको छ। पर्सा प्रहरीले घटनाबारे केही खबर नपाएको बताएको छ ।

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।