काठमाण्डौं, २७ असार । राजधानीमा रहेका अधिकांस निजी अस्पताल बर्षौदेखि नवीकरण नगरी चलाएको पाईएको छ । ती अस्पतालले पहिलो पटक सञ्चालन स्वीकृति लिदा वा बीचमा नवीकरण गर्दा मन्त्रालयले दिएको निर्देशन पनि पालना गरेका छैनन् । अस्पताल सुरु गर्दा एक वा दुई बर्षका लागि पाएको अनुमति सकिनु अघिनै नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
सञ्चालन अनुमति नगर्ने ठूला अस्पतालहरुमा ओम चावहिल, बी एण्ड बी ग्वार्को, लाइफकेयर सुन्धारा, मोडल बागबजार, मनमोहन मेमोरियल ठमेल र बिपी स्मृति सामुदायिक बन्सुन्धरा लगायतका रहेका छन् । ५० भन्दा बढी सैया भएको अस्पतालले मन्त्रालयबाट र २५ भन्दा बढी सैया भएका अस्पतालले स्वास्थ्य सेवा विभागबाट सञ्चालन स्वीकृति लिनुपर्ने स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखाले जनाएको छ ।
मोडन अस्पतालले ८ बर्ष र मनमोहनले ५ बर्षदेखि नवीकरण नगरेको जनाईएको छ । यता स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका प्रमुख डा. तिर्थराज बुर्लाकोटीले भने अस्पतालले नवीकरण नगर्दा के कारबाही गर्ने भन्ने कानुन नभएकाले कहिले आउँछन भनेर कुर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
- नागरिक दैनिक


