Tuesday, July 10, 2012

विवाहको पहिलो रात (लघुकथा)

दुलहीको मनको ढुकढुकी बढीरहेको थियो ।

दुलहा कोठामा पस्यो ।

ढोका लगायो ।

दुलहीको मन झन ढक्क फुल्यो ।

दुलहाले पर्दा सबै बन्द गर्‍यो ।

अनी बत्ती निभायो ।

बिस्तारै खाटमा आयो अनी दुलहीको नजिक आएर भन्यो, “एउटा कुरा देखाँउ ?”

दुलहीले मुन्टो हल्लाएर हुन्छ भनी ।

दुलहाले सिरक भित्र लग्यो सिरकले गर्लम्म दुबैलाई छोप्यो अनि दुलहीसंग टासिएर खुसुक्क भन्यो, “यी हेर त ससुराले देको बत्ती बल्ने घडी ।”

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।