नेपाली सिनेमामा पछिल्लो समय अश्लिल दृश्यहरु बाहुल्यता बढ्दो छ । अश्लिल दृश्यहरुको जति आलोचना भइरहेको छ, अश्लिल दृश्यहरु रोखेर फिल्म चलाउँछु भनेर नेपली रजतपटमा प्रवेशहरुको संख्या त्यो भन्दा बढ्ता छ । अब दृश्यहरु मात्र हैन चलचित्रको नाम नै सेक्सलाई सम्वोधन गर्ने गरि राख्न थालिएको छ । डर्टी लभ होस्, व्ल्याक नाईट्स या थ्री एक्स । यसमा अब अर्को सिनामा पनि थपिएको छ, हनिमुन नाईट्स ।
पोखरामा नै शुभमुहुर्त गरी चलचित्र हनिमुन नाईट्सको छायांकन सुरु भएको जानकारी प्राप्त भएको छ । वलकम क्रियशनको व्यानरमा छायांकन प्रारम्भ गरिएको यो चलचित्रलाई लक्ष्मण सुनवारले निर्देशन गरिरहेका छन् । उनी, नेपाली सिनेमामा यही चलचित्र मार्फत डेब्यु गर्दैछन् ।
ध्रुव विक्रम ओलीको निर्माणमा सुरु भएको सिनेमामा सवै जसो नया अनुहारले नै अभिनय गर्नेछन् । चलचित्रमा एन वि विश्वकर्मा, विनिता घिमिरे, नरेश डिसी, सुमित्रा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको हाल पोखरामा छायांकन भइरहेको छ ।
पोखराबाट चलचित्रका सहनिर्देशक राजेन्द्र विसीले दिएको जानकारी अनुसार हाल लभका दृश्यहरुको छायांकन धमाधम भइरहेको छ । भरत ताम्राकारको संगित रहेको सिनेमाभित्र रितेश ताम्राकारको नृत्य र राहुल राईको छायांकन रहेको छ । २२ गतेवाट छायांकन आरम्भ गरिएको यो चलचित्रलाई २० दिनमा सक्ने निर्माणपक्षले लक्ष्य लिएको छ ।
चलचित्रभित्र श्रीमान्-श्रीमतीको विछोड भएपछि श्रीमतीलाई अर्को युवकले मन पराउने र त्यसबाट उत्पन्न हुने विभिन्न घटनालाई देखाइएको छ ।
- अनलाइन खबर



