चलचित्र विन्दासको फस्ट लुक सार्वजनिक भएपछि नायिका सुष्मा कार्की यसको निर्माणपक्षसग खुवै रिसाईन् । उनले, पोष्टरमा आफ्नो चरित्र हत्या गरेको भन्दै निर्माणपक्षका विरुद्ध मुद्दा हाल्ने समेत धम्की दिइन् ।
त्यसपछि, निर्माणपक्षसँग असन्तुष्टि जनाउँदै हिडेकी सुष्मा आजसम्म निर्माणपक्षको सम्पर्कमा आएकी छैनन् । हाल नम्वर समेत परिवर्तन गरेकाले उनीसँग सम्पर्क हुननसकेको निर्देशक राजु गिरीले वताए । सुष्माको मात्र डविङ गर्न बाँकी रहेको बताउँदै राजुले उनलाई केही दिन कुर्ने र उनी नआए अर्कै आवाजमा डविङ गर्ने बताए ।
नायिका सुष्मा कार्कीले विन्दासमा प्रयोग गरिएको पोष्टर वाहीर आएपछि आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै कप्युटरवाट फोटो मिलाएको वताएकी थिईन् । आफुले सामान्य रुपमा फोटो खिचाएपनि कप्युटरवाट फोटोलाई अश्लिल वनाएको भन्दै उनले निर्माणपक्षलाई कुनै सहयोग नगर्ने वताएकी थिईन् । तर, सुष्माले खिचाएको ‘सम्पादन नगरिए’को तस्वीर प्राप्त भएको छ । जहाँ, नायिका सुष्मा कार्कीले आफ्नो वक्षस्थललाई दुवै हातले निचोरेको देखिन्छ ।
सुष्माले कप्युटरवाट मिलाएको भनेको चलचित्र विन्दासको पोष्टर यस्तो छ ।
अव, सुष्माको सम्पादन नगरिएको फोटो यस्तो छ ।
यि दुई फोटोमा कुनै पनि फरक देखिदैन । यसैले पनि सुष्माले कप्युटरवाट मिलाएको भनेर लगाएको आरोप असत्य देखिन्छ । सुरुमा आफै फोटोसुट गर्ने अनि पछि आफ्नो वेईजत हुने डरले कप्युटरलाई दोष दिने सुष्माको तरीका आफैमा विवादस्पद रहेको देखिन्छ ।
- अनलाइन खबर




