Tuesday, July 17, 2012

'चउरदेखि लिएर भवनका बीचमा वा फोहोर ठाउमा पनि खेलाडीहरु यौन सम्बन्धमा लिप्त'

नयाँ दिल्ली, २  साउन (एजेन्सी) - लन्डनमा ९ दिनपछि ओलम्पिक खेलकुद सुरु हुँदा ओलम्पिक भिलेज कामुक महिला र पुरुष खेलाडीका लागि एउटा यौन मेलाको रुपमा परिणत हुने इएसपिएनको एक प्रतिवेदनले जनाएको छ।  

इएसपिएनले तयार गरेको मैदान बाहिर हुने खेलाडीको जीवनसम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार ओलम्पिक भिलेजमा यौन गतिविधि धेरै हुनेगरेको छ। 'ओलम्पिक भिलेजमा खेलाडीबीच यौन व्यवहार सामान्य विषय बनिसकेको छ, त्यसैले लन्डन पनि यसको अपबाद हुनेछैन्,' इएसपिएनलाई उद्यृत गर्दै एक भारतीय अनलाईनले जनाएको छ। 

इएसपिएनले विश्व खेलकुदको सवभन्दा ठूलो महोत्सव ओलम्पिक र खेलाडीबारे केही सनसनीपुर्ण तथ्य सार्वजनिक गर्ने क्रममा लन्डन ओलम्पिकका लागि आयोजकले नै १ लाख कण्डम मगाईसकेको छ। सिडनी ओलम्पिक २००० मा अधिकारीहरुले भिलेजका लागि सुरुमा व्यवस्था गरेको ७० हजार कण्डम सकिएपछि थप २० हजार कण्डम व्यवस्था गर्नुपरेको थियो। त्यसपछिका संस्करणमा १ लाख कण्डम सामान्य हुन थालिसकेको छ। 

प्रतिवेदनमा उल्लेख गरिएअनुसार खेलाडीले विभिन्न उदेश्यले यौनमा लिप्त हुने गरेको पाईएको छ। फुटबल स्टार एवम ओलम्पिक स्वर्ण विजेता होप सोलोले उराठलाग्दो रातलाई उत्तेजक पाराले विताउन सेलिब्रिटी सम्बन्ध वा सान्त्वना पुरस्कारका रुपमा खेलाडीले यौन सम्पर्क राख्ने गरेको खुलासा गरेका छन्। 

'मैले भिलेजको खुला चउरदेखि लिएर भवनका बीचमा वा फोहोर ठाउमा पनि खेलाडीहरु यौन सम्बन्धमा लिप्त भएको भेटेको छु,' सोलोले इएसपिएनको म्यागजिनलाई भनेका छन्। ओलम्पिक भिलेज यौन क्षेत्रका रुपमा परिणत हुन थालेको नयाँ समाचार होइन। विगतमा पनि खेलाडीहरु आफ्ना पार्टनरसंग शंकास्पद रुपमा भेटिएका थुप्रै समाचार आउने गरेका थिए। 

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।