काठमाण्डौं, १९ असार । दार्चुलामा आज भएको बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । अन्य २७ जना घाईते भएका छन् । गए राति धनगढीबाट दार्चुलाकालागि हिडेको ना ४ ख ६६०८ नम्बरको बस दार्चुलाको ग्वानी गाविसस्थित बगोरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपरचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका मध्ये एमाले जिल्ला कार्य समिति सदस्य सार्नेली गाविसका लक्ष्मीदत्त जोशी, ग्वानी गाविसकै धवलसिंह धामी र गोपालसिंह धामीको सनाखत भएको प्रहरी नायव उपरिक्षक देवबहादुर बोगटीले जानकारी दिनुभयो ।
घाईतेहरुको उपचारका लागि गोकुलेश्वरतर्फ लगिएको छ । दुर्घटनाको कारण खुल्न अझै खुल्न सकेको छैन ।
- अनलाइनखबर


