Tuesday, July 17, 2012

बादलदेखि प्रकाशसम्म माओवादीभित्रका चर्चित यौनकाण्डहरु

प्रकाश दाहाल र अखिल क्रान्तिकारीकी नेत्री विना मगरको सम्बन्ध अहिले चर्चामा छ । तर, माओवादीभित्र यस्तो समस्या पहिलोपटक आएको होइन । 

माओवादी अध्यक्ष प्रचण्डका छोरा भएकाले अहिले ठूलो प्रचार भएको छ । तर, माओवादी मूलधारको राजनीतिमा आएपछि मात्र होइन, गणतन्त्रका लागि बलिदानीपूर्ण आन्दोलन गरिरहेको वेला पनि माओवादीमा यौनकाण्ड भएका थिए । अहिले राज्य समितिस्तरका नेता प्रकाश कारबाहीमा परेका छन्, तर यसअघि केन्द्रीय नेतृत्व तहकै नेता यस्तै काण्डमा मुछिएका थिए ।

प्रकाश माओवादीको राज्य समितिका सदस्य हुन् । राज्य समितिका सदस्यलाई पोलिटब्युरोले कारबाही गरेको भने यो पहिलोपटक हो । माओवादी अध्यक्ष प्रचण्डले आफ्नै प्रस्तावमा छोरा प्रकाशमाथि कारबाही गराएका हुन् । 

जनयुद्धकाल सुरुवातदेखि शान्तिप्रक्रियाको चार वर्षसम्म आउँदा माओवादीभित्र दर्जनौँ 'सांस्कृतिक विचलन' (यौनकाण्ड)का विवाद देखा परे । एकपछि अर्को गरी आउने यस्ता विवादमध्ये कतिपय पुष्टि भए भने केही भने आरोपमै मात्र सीमित भए ।

पार्टीभित्र मात्र होइन यस्ता प्रकरण वेलावेलामा सेना र भ्रातृसंगठनभित्र पनि देखा पर्ने गरेका छन् । यस्ता आरोप पुष्टि हुँदा माओवादीले त्यस्ता पात्रमाथि कारबाही गर्दै आएको छ ।

सशस्त्र जनयुद्धको अन्त्य गरेर शान्तिप्रक्रियापछि पनि माओवादीभित्र यौन विचलनका घटना बाहिर आइरहे । पार्टीका केन्द्रीय तहका नेतादेखि सभासद्समेत मात्र होइन तल्लो तहमा पनि यस्ता प्रकरणबाट कैयौँ माओवादी कार्यकर्ता गम्भीर विवादमा तानिए । 

युद्धकालमा जस्तै यौन विचलनलाई 'अपराध' नै ठान्छ माओवादी । तर, पनि यो अपराधलाई लुकाएर गर्न रुचाउने देखिँदै आएका छन् माओवादीभित्र । 

चर्चित दर्जन काण्ड

विवाद १
जनयुद्धका सुरुका दिन -०५२ फागुन १) देखि अहिलेसम्म आउँदा अन्तरपार्टी कारबाहीका दर्जनौँ घटना बाहिर आए माओवादीभित्र । पहिलो र ठूलो घटना थियो, सांस्कृतिक विचलनसम्बन्धी । आरोपित पात्र सामान्य थिएनन् । उनीहरू पार्टीका कार्यकर्ता मात्र नभई उच्च तहका नेता थिए । जनयुद्धकै योजनाकारमध्येका नेता रामबहादुर थापा बादल र पम्फा भुसाल हिमानीबीचको अनुचित यौनसम्बन्धले उनीहरू दुवैलाई कारबाहीको अवस्थामा पुर्‍यायो । 

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।