Sunday, July 15, 2012

पोर्तुगलमा आङकाजीलाई स्वागत

नमस्ते नेपाली संवाददाता, लिस्बोन । शनिबार पोर्तुगलका जनजातिहरुले नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पालाई स्वागत गरेका छन् । जनजाति महासंघ पोर्तुगलको दोश्रो महाधिवेशनका लागि प्रमुख अतिथि बनेर लिस्बोन आएका शेर्पालाई शेर्पा किदुक पोर्तुगलको आयोजनामा जनजातिहरुले स्वागत गरेका हुन् ।

कार्यक्रममा अनौपचारिक रुपमा जनजाति आन्दोलन र वर्तमान परिस्थितिकाबारेमा छलफल भएको थियो । देशभित्र वा प्रवासमा रहेका सबै जनजातिहरु सचेत र सजग भइ अहिलेको चुनौतिपूर्ण तर अवसरको समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नलाई शेर्पाले जोड दिए ।

'अहिले उपयुक्त जिम्मेदारी पूरा गर्न सकेनौ भने हामीले त दुख बेहोरीरहेका छौ नै, हाम्रा भावी पुस्ताहरुले पनि अझै लामो समयसम्म समस्यामा जेलिदै जिउनुपर्नेछ ।' उनले आव्हान गरे, 'अब हामी शासितहरुको जालमा विभाजित हुनु हुँदैन । हाम्रो अधिकारका लागि एकजुट हुनुपर्छ ।'

जनजातिहरुले साँझमा समेत संगसंगै खानपीन, भेटघाट र छलफल गरेका छन् । आइतबार उनीहरुको दोश्रो महाधिवेशनको कार्यक्रम रहेको छ ।

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।