योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, २८ असार । नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय महासचिव आङकाजी शेर्पा पोर्तुगल आउने भएका छन् । जुलाई १५ तारिख आइतबारका दिन हुने जनजाति महासंघ पोर्तुगलको दोश्रो महाधिवेशनमा प्रमुख अतिथि भएर शेर्पा यहाँ आउने भएका हुन् ।
संविधानसभाको कार्यावधि सकिने बेला जनजातिले गरेको आन्दोलनको दौरानमा निकै खरो र आक्रामक अभिव्यक्ति दिएपछि उनी चर्चामा आएका थिए । त्यसपछि माओवादीले खुलामन्चमा गरेको जनसभामा जनजातिको माग सम्बोधन गर्न माओवादीले सकारात्मक भूमिका निर्वाह गरेको तर काँग्रेस र एमालेले जातीय पहिचानको मागलाई लत्याएको वास्तविकता ओकलेका थिए । उनको त्यो अभिव्यक्ति र सहभागीतालगत्तै एमालेले उनलाई पार्टीबाट निष्काशन गरेको थियो ।
शेर्पालगायत महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा पनि स्वेच्छाले एमालेबाट राजीनामा दिएका छन् । काँग्रेस र एमालेमा जनजाति नेता कार्यकर्ताहरु रुष्ट छन् । माओवादीमा रहेका जनजातिहरु पनि जनजाति आन्दोलनलाई राम्रैसँग समर्थन र सहयोग गर्दै आएका छन् ।
हालै सम्पन्न जनजातिहरुको राजनीतिक भेलाका सहभागी जनजातिहरु अलिकति मतभेद रहे पनि छुट्टै दल निर्माण गर्ने कुरामा सहमत भएका छन् । दलको उद्देश्य, रणनीति, लक्ष र परिकल्पना निर्माण गर्न केही नेताहरुलाई जिम्मा दिइएको बताइएको छ ।
नयाँ पार्टी निर्माण हुने चर्चा हुँदै गर्दा शेर्पाले बेल्जियममा संविधानसभाको चुनाव हुने निश्चित भए मात्र यो कुरा कार्यान्वयन हुने बताएका छन् । आन्दोलनलाई अघि बढाउन संगठित हुँदै आएका जनजातिहरु नयाँ पार्टीमा एक ढिक्का होलान्, दलहरुमा विभाजित होलान् या जनजातिका हक हितका लागि आन्दोलनलाई निरन्तरता दिन सक्लान् वा नसक्लान् सर्वत्र चासोको विषय बनेको छ ।
नेपालमा जस्तै शेर्पाको युरोप भ्रमणलाई सकारात्मक र नकारात्मक टिप्पणीहरु गरेको पाइएको छ । भ्रमणमा उनको भूमिका वा भनाईहरुलाई पनि नेपालीहरुले चासोकासाथ लिने गरेका छन् ।

पोर्तुगलका जनजाति महासचिव दावा पाख्रीनका अनुसार अधिबेशनको कार्यक्रम CASA DA CAMARCA ARGANIL को सभा कक्षमा दिउसो १२ बजे देखि शुरु हुनेछ । महासंघले महाधिवेशनको कार्यक्रममा सहभागी भइ दिन पोर्चुगलबासी नेपालीहरुलाई अनुरोध गरेको छ ।