शालिक गौतम बेल्जियम / बेल्जियममा धरपकड तथा पक्राउ गरि बन्द शिविरमा लाने र नेपाल फर्काउने क्रम तीव्र भएको छ । पछिल्ला दुई तीन दिनमा मात्रै एक दर्जन भन्दा बढि नेपालीलाई पक्राउ गरिएको छ । विशेष गरेर मन्त्रालयमा मुद्धा समाप्त भए पश्चात नकरात्मक परिणाम पुलिसमा सीधै जाने भएको कारण परिणाम हात नपर्दै प्रहरी कुनै पनि समयमा घरमा आइ पक्रिने गरेको पाइएको छ । पछिल्ला घटनाक्रमले बन्द शिविरमा पुगेपछि रिहा हुने संभावना अति नै न्युन अथवा हुदै नभएको जस्तो देखिएको छ । आर्टिकल नौं विसलाईलाई पुलिसले चाहेको बेलामा नै नेगेटिभ बनाउन सक्दछन् । बन्द शिविरबाट रिहाको लागि अधिवक्ता मार्फत अदालतमा गरिने प्रकृयामा पनि न्यायधिसहरुले यस पुर्व नै देश छाड्ने आदेश दिएको तर देश नछाडेको भन्दै गम्भिर ढंगबाट नलिने पाइएको यस संवन्धि धेरै मुद्धाहरु हेरेकी एक वकिलले बताएकी छन् । बेल्जियमा हुन गै रहेको प्रोभिन्सको चुनावका कारण धरपकड बढि गरिएको हो ।
तसर्थ संबन्धित मित्रहरुले तलका पुर्व सावधानीहरु अपनाउनु राम्रो हुन्छ ।
१) बेल्जिययमा स्थाई बसोबासको अनुमति नभएका तर विरामी वा अन्य तरिकाबाट सुन्तला कागज तथा ओसीएमए भए पनि जुनसुकै बेला नकरात्मक भई पुलीस घरमा आउन सक्दछ तसर्थ चनाखो हुन र पुर्ण रुपमा निर्धक्क नहुन उत्तम हुन्छ ।
२) विषेश गरेर मेडिकल केशहरुलाई बढि प्राथमिकता साथ हेरेको पाइएको छ । सरकारी तथ्याँक अनुसार धेरै मेडिकल केशहरु नक्कली पाइएको कारण सरकारी वृत्तमा यसले हँगामा नै मच्चाएको थियो । तसर्थ मेडिकल केशका रहेकाहरु प्नि सावधान हुन जरुरी छ ।
३) धरपकडमा रेगुलाइजेसन, वि कार्ड तथा मेडिकल केश नकरात्मक भएकाहरु वढि लक्षित भएको पाइएको छ । तसर्थ सकभर एक ठाउँमा ठेगाना र अर्को स्थानमा बस्न अधिवक्ताहरुले सुझाव दिन्छन् ।
४) सुरक्षित बन्नको लागि अरु कुनै आफन्त अथवा साथीको घरमा बस्दा त्यस घरमा अन्य अवैधानिक बसाई व्यक्तिहरुको ठेगाना छ वा छैन त्यो सुनिश्चित गर्न जरुरी छ । अन्यथा, अरुलाई खोज्न आउँदा तपाँइ पक्रिन सक्ने संभावना रहन्छ ।
५) विषेश गरेर बेलायतबाट आएका र औठा छाप दिएका मित्रहरुलाई अन्तरबार्ताको लागि मन्त्रालय बोलाउने र त्यहीबाट बन्द शिविरमा लैजाने गरेको पाइएको छ । तसर्थ संवन्धित मित्रहरुले वकिल संग परामर्श गरेर अन्तरवार्ता दिँदा राम्रो हुनेछ ।
६) तपाँइ घरमा बसेको बेलामा घण्टी वजेमा कुनै हालतमा पनि ढोका नखोल्नुस । कोही साथी तपाँइसंग भेट्न आउदै छन् भने पहिला अनिवार्य रुपमा टेलिफोन गर्न लगाउनुस । तर ढोकाको घण्टी बजेको आधारमा ढोका जति जोडले धकधक गरे पनि हुनै हालतमा नखोल्नुस । अदालतको पुर्व अनुमति विना ढोका फोड्ने अधिकार प्रहरिलाई नहुने एक वकिलले बताएका छन् । सामान्यतय तपाँइलाई पक्रिन आउने बेलामा उक्त अनुमति प्रहरिसंग नहुने बताइन्छ ।
७) समर छुट्टिको समय रहेकोले वकिल विदामा गएको हुन सक्ने र सोही समयमा पक्राउ परेमा अन्य वकिल मार्फत केश अगाडि बढाउन अप्ठ्यारो हुने हुनाले वकिललार्इ पछिल्लो समयमा भएका घटनाक्रमको बारेमा सवै कुरा जानकारी गराउनु राम्रो होला । संवन्धित वकिल छुट्टिमा गएका कारण फाइल अगाडि नसकेका केहि उदाहरण हुन पाइएका छन् ।


