Friday, July 6, 2012

जर्मनीमा भएको भीषण विमान दुर्घटना (भिडियोसहित)/इतिहासका यी दिन

जर्मनी । २८ अगस्त १९८८ मा जर्मनीमा यस्तो विमान दुर्घटना भयो जुन विमान दुर्घटना इतिहासमा सबभन्दा भीषण थियो । यस घटनालाई रेमस्टिन एअर शो डिजास्टरको नामले चिनिन्छ ।

पश्चिम जर्मनीको रेमस्टिनमा अमेरिकन एअरवेसमा ईटलीको एअर फोर्सका १० जेट विमानले एक प्रदर्शन गरिरहेका थिए । प्रदर्शनको नाम ‘pierced heart’ थियो । यसमा नौ विमान मिलेर आकाशमा मुटु दिलको आकार बनाएको बेला एक विमान बीचबाट छिरेर जानु पर्थ्यो ।

नौ विमानले दिलको आकार त बनाए तर बीचबाट छिर्ने भनिएको विमान जसै वीचबाट निस्कियो त्यो अन्य दुई विमानसंग ठोकियो । तीनै विमान नष्ट भए । जुन विमान बीचबाट गएको थियो त्यो सिधै दर्शकहरुको वीचमा गएर बजारियो र त्यहाँ भीषण आगलागी भयो । विमान चालकको प्यारासूट नखुलेर जमिनमा ठोक्किएर मृत्यु भयो । विमानका तीन चालकसहित ६७ जनाको मृत्यु भयो भने ३४६ जना गम्भीर घाईते भएका थिए ।


हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।