Wednesday, July 4, 2012

अनुचित कार्य गर्ने झाँक्री र युवती पक्राउ, गर्भ जाँच गर्ने मेसिन पनि बरामद

भक्तपुर, २० असार । झारफुक र धामीझाँक्रीको काम गर्दै आएका जुमानसिंह लामाले भक्तपुर जिल्लाको सिपाडोलमा एक युवतीलाई जवर्जस्ती अनुचित कार्य गरेका छन् ।

युवतीलाई अनुचित कार्य गर्ने जुमानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले युवतीलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

सिपाडोल–१ बस्ने रामेछाप जिल्ला बेथान–६ घर भएका झाँक्री काम गर्ने ४८ वर्षीय जुमानसिंहले आफ्नै कोठामा झारफुक गर्न गएकी युवतीलाई जवर्जस्ती अनुचित कार्य गरेको प्रहरी भनाई छ ।

२० वर्षीया लामा थरकी युवतीलाई जुमानसिंहले मंगलबार दिउसै जबरजस्ती अनुचित कार्य गरेका हुन् । युवतीका आफन्तले जुमानसिंह विरुद्ध प्रहरीमा उजुरी गरेपछि युवती र जुमानसिंहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चार महिलाको उद्धार/गर्भ जाँच गर्ने मेसिनपनि बरामद

उता, काठमाडौंको कपन–३ बाट प्रहरीले चार जना महिलालाई उद्धार गर्नुका साथै दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।

ध्रुब खड्काको घरमा बस्ने सर्लाही जिल्ला भक्तिपुर–३ घर बताउने ४१ वर्षीय रुद्र बम्जन र ज्ञानेश्वर घर बताउने ४४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठले बिदेश पठाइदिन्छु भनि राखेका चार महिलालाई प्रहरीले उद्धार गरेको हो ।

धनकुटा जिल्ला टेकुनाला–९ घर भएकी ५९ वर्षीया बिन्दु राई सहित ४ जना महिलाहरुलाई श्रेष्ठ र बम्जनले विदेश पठाई दिन्छु भनि थुनेर राखेको प्रहरी भनाई छ । प्रहरीले चार जना महिलाहरुलाई मंगलबार राति उद्धार गरेको हो ।

प्रहरीले सो स्थानबाट ७ थान राहदानी र गर्भ चेकजाँच गर्ने मेशिन समेत फेला परेको जनाएको छ । उक्त स्थानमा अन्य अनुचित कार्य समेत हुने गरेको प्रहरीको प्रारम्भीक अनुमान छ ।
- सौर्य दैनिक 

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।