Friday, July 6, 2012

मुहारभरि रौँ उम्रेपछि ३ बहिनीलाई बिहेको चिन्ता (भिडियो सहित)

भारत, महाराष्ट्र पुनेको एक गाउँका सविता, मोनिषा र सावित्रीका शरीरमा धेरै रौँ उम्रिएका छन् । यस रोगको नाम हो ‘हाइपरट्रिकोसिस युनिवर्सालिस डिसअर्डर ।’ यस रोगलाई ‘वियरउल्फ सिन्ड्रोम’ पनि भनिन्छ । यस रोगले शरीरको शिरदेखि पाउसम्म रौँ उम्रिन्छ । एक सय करोड मानिसहरुमध्ये एकदुई जनामा मात्र यो रोग देखिन्छ । यिनीहरुले रोगको असर लुकाउन दिनहुँ क्रिम लगाउनु पर्छ । यी तीन बहिनीहरुले समाजमा विभिन्न टिप्पणी सुन्नु पर्छ । यिनीहरुको सबैभन्दा चिन्ताको विषय विवाह हुँदैन भन्ने रहेको छ ।

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।