Wednesday, July 11, 2012

छिमेकीको सुँगुरले लिङ्ग टोकिदिँदा टेकबहादुरको ज्यान गयो

सिन्धुली, २७ असार । सुँगुरले लिङ्ग टोकिदिँदा सिन्धुलीको निपाने गाविस–३ का एक पुरुषको ज्यान गएको छ । छिमेकी ध्रुबबहादुर पूर्वछानेले पालेको सुँगुरले ५६ बर्षिय टेकबहादुर सार्कीको लिङ्ग टोकिदिँदा मंगलबार टेकबहादुरको घटनास्थलमा नै ज्यान गएको हो ।

कसैले हिर्काउदा बिच्किएको सुँगुरले बसेको ठाउँमा गएर टेकबहादुरको लिङ्ग टोकिदिएको थियो । सुँगुरले लिङ्ग टोकेपछि टेकबहादुरको घटनास्थलमा नै ज्यान गएको प्रहरी नायब निरीक्षक महेन्द्र साहले जानकारी दिनुभयो ।

धु्रबहादुरले पालेको सुँगुर(बिर) मृतक टेकबहादुले पालेको छाउरी(भूनि)संग भुल्लिन सधै टेकबहादुरको घरमा जान्थ्यो र दुख दिन्थ्यो । स्थानीय वासिन्दाको सल्लाहमा मङ्गलबार नै छाउरी काटेर खाने योजना पनि बनेको थियो । तर छाउरी काट्नुअघि नै टेकबहादुरलाई सुँगुरले टोकिदियो ।

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।