Sunday, July 15, 2012

नवलपरासीमा बस दुर्घटना, ३६ को मृत्यु

नवलपरासी, ३१ असार - नवलपरासीमा आइतवार दिउँसो बस दुर्घटना हुदा ३६ जनाको ज्यान गएको छ । भारतीय सिमा क्षेत्र झुलानीपुरबाट त्रिबेणीका लागि बोलबम यात्रुहरु लिएर छुटेको लु १ ख २३ ५६ नम्बरको बस नवलपरासीको कुडिया र त्रिवेणीको बिचमा पर्ने रानीनगर नजिकैबाट गण्डक नहरमा खसेको हो । ३६ जनाको शव बाहिर निकालिएको स्थानीयबासिन्दा धनिराम महतोले बताउनभुयो ।

बसमा १ सय २५ जना यात्रु रहेको प्रहरीले जनाएको छ । अहिले नहरमा पानी सुकाएर घाईतेको उद्धार गर्ने काम भैरहेको महतोले बताउनभुयो । ज्यान गुमाउनेहरु धेरै भारतीय तिर्थयात्री रहेको र केहि नेपाली समेत परेको प्रहरीले जनाएको छ ।

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।