Monday, July 16, 2012

नेपाली साकिरा इन्दिरा जोशी विदेशी गीतमा पनि (भिडियो सहित)

गायिका इन्दिरा जोशीले विदेशी गीतमा पनि आवाज दिएकी छिन् । श्रीलंकाली गायक इराज विरारत्नेको हिपहप शैलीको गीतमा उनले नेपाली शब्द गाएकी हुन् । उनले मलाई स्वर पठाइन दिन आग्रह गरेपछि नेपालमै रेकर्ड गराएर गीत पठाइदिएकी थिएँ, उनले भनिन् । गायक इराजको जस्ट वान क्लिक बोलको गीतमा उनले सुनन केही भन्छु म भन्ने नेपाली शब्दको प्रयोग गरेकी छिन् ।

गीतमा उनीबाहेक जर्मनका टोनी टी र अस्ट्रेलियाका मार्कियाले समेत स्वर दिएका छन् । हाल इन्दिरा आफ्नो कन्सर्टको क्रममा सिंगापुरमा छिन् । इराजको पछिल्लो एल्बममा समावेश गीतको लागि इन्दिराले काठमाडौंमै रेकर्ड गरी आवाज पठाएकी थिइन् ।

यो मेरो अन्तर्राष्ट्रियस्तरको पहिलो गीत रेकर्ड भएकोले सुरुमा डराएको थिएँ । युट्युबमा दुई हप्तामै धेरैले हेरेको रेकर्ड पाएपछि उत्साहित छु, उनले भनिन् । फिल्मका आइटम गीतहरूको अनुभव भन्दा यसको अनुभव फरक भएको उनले बताइन् ।

दुई लाइनमात्र गाउनुपर्ने थियो । यसका लागि मलाई पहिल्यै थिम दिइएकोले सबै काम राम्रै भएको थियो, उनले भनिन् । म्युजिक भिडियो पनि रिलिज भइसकेकोले श्रीलंकाली श्रोताको संख्या बढेको उनले पाएकी छिन् । म्युजिक भिडियोमा उनी पनि देखिन्छिन् ।

कलाकारले सबै गीत गाउनुपर्छ । फेरि श्रीलंकाली गायकको गीत भए पनि मैले नेपाली नै गाउन पाएकोमा रमाइलो भयो, उनले भनिन् । सेन्टिमेन्टल गीत मन पराउने उनी आफ्नो एल्बम डान्स विथ मी रिलिज भएको एक वर्षमै आइटम गीतले चर्चित भएकोमा छक्क छिन् ।

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।