Thursday, July 12, 2012

टेलिभिजनको लाइभ शोमा हानाहान, सांसदले पेस्तोल नै निकालेर तेर्स्याए (भिडियोसहित)

टेलिभिजन शो मा कुरा गर्दै गर्दै कहिले कहिँ बहस चर्किदै जान्छ | यस्तै जोर्डनको एक च्यानलमा एक कार्यक्रममा भएको बहस देख्दा तपाई पनि छक्क पर्नु हुन्छ | बिस्वाश गर्ने गाह्रो हुन्छ | 

जोर्डनको निजि टेलिभिजन च्यानल जो स्याटमा सीरिया प्रति जोर्डनको नीतिहरुको बारेमा बहस हुदै थियो | सांसद मोहम्मद शावाब्गाले पूर्व उपप्रमुख अन्सुर मुरादलाई सिरियाली शासनको लागि जासुसीको भूमिका निभाएको आरोप लगाएका थिए । 

त्यति मात्र नभई उनले इजरायलको गोप्य जासुसी र पराधिक संगठन मोसादको प्रतिनिधि भएको र जोर्डनको तलब खाएर विदेशी अपराधीहरुको लागि काम गर्ने जस्तो गम्भीर आरोप लगाएर अपमान गरेपछि असह्य भएर रिसले मुर्मुरिदै मुरादले जुत्ता फुकालेर प्रहार गरे । त्यतिले मात्र नपुगेर उनले सिटबाट उठेर कम्मरमा राखेको पेस्तोल निकालेर तेर्स्याए । ठुला नेताहरुको यो उपद्रो र झगडा रोक्न कार्यक्रम संचालकलाइ हम्मे हम्मे परेको थियो । हेर्नुहोस् टेलिभिजन शोको अंश :

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।