Thursday, July 12, 2012

रामायणका हनुमान दारासिँह रहेनन्

मुम्बई, २८ असार (एजेन्सी) । कुस्तिबाजबाट कलाकार बनेका दारा सिँहको आज बिहान निधन भएको छ । एकहप्तादेखि जीवन-मृत्युसँग संघर्ष गरिरहेका उनको आज बिहान सवा सात बजे निधन भएको हो । पारिवारिक डाक्टर आर. के अग्रवालले दारालाई बिहान मृत घोषित गरेका थिए ।  

परिवार सुत्रले जनाए अनुसार आज दिउसो २ बजे उनको अन्तिम यात्रा निकालिने छ ।  चर्चित धारावहिक श्रृखला रामायणमा हनुमानको भूमिका निर्वाह गरेका उनी स्वस्थ रुपमा फर्किन कठिन भएपछि बुधबार राति अस्पतालबाट उनलाई आफ्नै घर ल्याइएको थियो ।

८४ वर्षीय उनको दिमागमा रगतको प्रवाह रोकिएपछि उपचारका लागि कोकिला बेन अस्पताल लगिएको थियो । उनको अवस्था सुधार हुने सम्भावना क्षीण भएको चिकित्सकहरुले घर लैजान सल्लाह दिएका थिए । ४ दिन अघिदेखि उनलाई आइसियुमा राखी उपचार गरिएको थियो । 'हामीले एमआरआइ गरायौं। उनको मगजमा अक्सिजन सप्लाइ हुन सकेन,' डा. राम नारायणले भनेका थिए ।

चिकित्सकहरुले उनका लागि कुनै पनि औषधीले अब काम नगर्ने बताएका थिए । चमत्कार हुने हो भने मात्र हो अन्यथा कुनै पनि संजिवनीले उनलाई बचाउन नसक्ने नारायणको भनाई थियो।

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।