Sunday, July 15, 2012

कारागारबाटै ठगे चाल्स शोभराजले

काठमाण्डौं, १ साउन । केन्द्रीय कारागार गोलघरका कैदी चाल्स शोभराजले लेवनानी नागरिक कमललाई ठगी गरेका छन् । भिसाभन्दा बढी समय बसेको आरोपमा समातिएका उनलाई वकिल मार्फत चाँडै छुटाउने भन्दै शोभराजले सात सय अमेरिकी डलर ठगी गरेको कारागार स्रोतले जनाएको छ ।

एकसाता अघि पूर्व चौकीदार बीरबहादुर तामाङले कैदीबाट पैसा दिएको खबर पाएपछि कारागार व्यवस्थापन विभागबाट गएको अनुसन्धान टोलीले यस्तो थाहा पाएको हो । शोभराजले सासू सकुन्तला थापा वकिल रहेको र डलर दिएर छुटाउन पहल गर्ने भन्दै डलर लिएको स्रोतको दाबी छ ।

‘अँग्रेजी बोलेर बाहिरबाटै पैसा असुलेछ’, एक अधिकृतले भने, ‘सकुन्तलाले वकालतनामा गराएर कागज लिएर बाहिरबाटै पैसा लगेको लेवनानीले बताएका थिए ।’

उनको साथबाट बेला बेला मोवाईलका सीम भेटिने भए पनि प्रहरीले उनको चेकजाँच गरिहेको हुन्छ । तर उनले पत्रिकामा शौच गरेर थुपारिदिने गरेको कारागारका नाईकेहरुको भनाई छ । 
- कान्तिपुर दैनिक

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।