Saturday, July 14, 2012

ब्लु फिल्म देखाएर ११ वर्षीया छोरीको बलात्कार गरे बाबु पूर्ण लिम्बुले

काठमाडौं, ३० असार । अधिकांस बाबुले छोराछोरी नराम्रो नियतमा लागेका भए पनि सम्झाएर असल बन्न र सहि बाटोमा ल्याउने प्रयास गर्छन् तर इटहरीमा एक बाबुले भने आफ्नी ११ वर्षीया अबोध बालिकाको पटक-पटक ब्लु फिल्म देखाउदै बलात्कार गरेका छन् ।

इटहरी ४ मा डेरा गरी बस्ने ३५ वर्षीय पूर्ण लिम्बुले श्रीमती नभएको मौका छोपी आफ्नी छोरीलाई ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।  

शुक्रबार इलाका प्रहरी कार्यालयमा आमासँगै भेटिएकी बालिकाले यौन पिपाषु बाबु लिम्बुले  आफुलाई ६ बर्षको उमेर देखि नै योनीमा आफ्ना हातका औला कोचारी दिने, स्तन खेलाउने र  यस्तो नगरौं बाबा भन्दा कसैलाइ भनिस् भने मारिदिन्छु भनेर धम्कि दिएको पनि बालिकाले खुलासा गरिन् ।

विहीबारका दिन छोरीले खाना खान नमान्ने पटक-पटक पेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाई बाबुले बर्षौदेखि बलात्कार गर्दै आएको भनेर  बताएको बालिकाकी आमाले बताइन् ।

बालिकाको यस्तो कुरा सुनेर छाँगाबाट खसेजस्तो भएकी आमाले तत्काल इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पूर्ण लिम्बुलाई पक्राउ गरेको हो ।

इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले  दैनिक रक्सी खाएर आउने श्रीमतीले बताइन् । “दिनभरी काम गरेर थाकेर आउछ, खावोस् खाए पनि भने तर यो पापीको सोँच त यस्तो पो रहेँछ, छोरीलाई बलात्कार गर्ने” श्रीमतीले बताइन् ।

आफ्नै छोरीमाथि बलात्कार गर्ने बाबुलाई मुत्युदण्ड दिए पनि कम हुने उनले बताएकी छन् । श्रीमानको होटलको कमाइले मात्र तीन छोराछोरीको लालनपालनमा समस्या परेपछि आफु पनि उसलाई सहज होस्  भनेर मजदुरीमा लागेको बताउछिन् बालिकाकी आमा ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक सागरका थापाका अनुसार यौन पिपासु बाबुले आफुले छोरीको बलात्कार गरेको स्वीकारेका छन् ।  छोरीको स्वास्थ्य  परीक्षणको  रिर्पोट आउनासाथ निजलाई कानुनी कार्बाही अघि बढाइने पनि बताइएको छ । बालिकाको स्वास्थ्य परिक्षणको लागि  शुक्रबार नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । - सोलिडारिटी 

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।