Thursday, July 12, 2012

कतै तपाईको पासवर्ड लिक भएको त छैन ?

अमेरिकी इन्टेरनेट फर्म याहूका लाखौं प्रयोगकर्ताको पासवर्ड ह्याकरहरुले लीक गरेका छन् । याहूका ४ लाख ५३ हजार भन्दा बढी प्रयोगकर्ताको पासवर्डलाई ह्याकरहरुले अनलाइनमा नै पोष्ट गरिदिएका छन् ।

समाचारहरुमा जनाइए अनुसार याहूसँगै जीमेलसहितका वेबसाइटका प्रयोगकर्ताहरु पनि प्रभावित हुनसक्छन् । आफूलाई ह्याकर बताउने समूहले यसको जिम्मेबारी लिएको छ । साइबर विज्ञहरुले प्रयोगकर्ताहरुलाई आफ्नो पासवोर्ड परिवर्तन गर्न सल्लाह दिएका छन् ।

प्रयोगकर्ताहरुको इमेलमा ह्याकरहरुले पासवर्ड परिवर्तन गर्न आग्रह गर्दै इमेल पठाइरहेका छन् । यसरी प्रयोगकर्ताहरुले याहुको आधिकारिक सूचना झैँ मानेर पासवर्ड परिवर्तन गर्दा त्यो पासवर्डको जानकारी ह्याकरले लिने र त्यसपछि प्रयोगकर्ताको इमेल ह्याक हुने बताइएको छ । ह्याकरहरुले प्रयोगकर्ताको इमेलबाट उच्च प्रविधिको सहायताले विभिन्न संवेदनशील सूचना तथा तथ्यांकहरु चोर्ने गरेका छन् ।

कसरी चेक गर्ने

तपाई केही सेकेन्डमा नै आफ्नो पासवोर्ड लिक भए नभएको चेक गर्न सक्नु हुनेछ । यो सुविधा सुकुरी ल्यावले दिएको छ । पासवर्ड चेक गर्न यहाँ क्लिक गर्नुहोस् । आफ्नो इमेल एड्रेस राखेर चेक मेलमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईको पासवोर्ड लिक भए नभएको प्रष्ट हुनेछ ।

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।