काठमाण्डौं, २९ असार । आफू राजाकै हैसियतमा बस्ने तर राजनीति नगर्ने अभिव्यक्ति दिएपछि चर्चामा आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसँगै डेढसाता लामो युरोप भ्रमणमा जानुहुने भएको छ ।
नारायणहिटी दरबार छाडेपछि पहिलोपटक युरोप जान लाग्नुभएका पुर्व राजा र उहाँको परिवारले भारतबाहेकका राष्ट्रको भ्रमण गरेको थिएन । पुर्व राजपरिवारले बेलायत, फ्रान्स र जर्मनी लगायतका देशको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
हिमानी ट्रस्टको कार्यक्रममा सहभागी हुन भनी जान लाग्नुभएका ज्ञानेन्द्रसँगै पुर्वरानी कोमल, छोरी प्रेरणा, हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाह, उहाँका दुई छोरी, छोरा हृदयेन्द्र, धिरेन्द्रकी तीन छोरी सहितको करिब एक दर्जनको टोली विदेश भ्रमणमा जाने तयारी भएको बताईएको छ । ज्ञानेन्द्र ट्रस्टका संरक्षक हुनुहुन्छ ।
स्थानीयस्तरमा रहेको राजाबादीले निम्तो गरेपछि उहाँले भ्रमण गर्ने योजना बनाउनुभएको हो । तर, पछिल्लो समय रुपन्देही, नवलपरासी लगायतका ठाउँमा दिएको अभिव्यक्तिबाट उहाँ विवादमा आउनुभएको छ ।
- नेपाल समाचारपत्र दैनिक



