Thursday, July 12, 2012

शिक्षामन्त्रालयको भवन सतर्कता केन्द्रको कब्जामा

काठमाण्डौं, २८ असार । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारभित्र निर्माणाधीन शिक्षा मन्त्रालयको भवन कव्जा गरेको छ । प्रधानमन्त्री कार्यालय मातहतको केन्द्रले शिक्षाको सहमतिबिना नै उसको निर्माणाधीन भवनमा आफ्नो कार्यालयको बोर्डसमेत राखेको छ ।

स्रोतका अनुसार आफ्नो भवन कब्जा भएपछि शिक्षाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समक्ष असन्तुष्टि समेत प्रकट गरेको छ । अनामनगरस्थित निजी भवनमा भाडामा बस्दै आएको केन्द्रले सिंहदरबारभित्र कार्यालय राख्न शिक्षाको भवन कब्जा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने भवनको विषयलाई लिएर विवाद बढ्न नदिन सहमतिको प्रयास सुरु गरेको स्रोतले जनाएको छ । अर्को भवनको व्यवस्था भएपछि केन्द्रलाई अर्कै ठाउँमा सार्ने आवश्वासन पाएको शिक्षाले केहि समयलाई अनुमति दिएको बताईएको छ ।
- कान्तिपुर दैनिक

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।