सोलुखुम्बु, २६ असार । आफ्नै छोरी बलात्कार गर्ने सोलुखुम्बु सोताङका टिकाराम बस्नेतलाई जिल्ला अदालत सोलुखुम्बुले २२ वर्ष कैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायधिस सिताप्रसाद पोख्रेलको एकल इजलासले अभियुक्त बस्नेतलाई जबरजस्ती करणी गरेको कसुरमा १२ वर्ष र हाडनाता करणीको कसुरमा १० वर्षगरी कुल २२ वर्षकैदको फेसला गरेको हो । त्यस्तै, पिडितलाई १ लाख ५० हजार क्षतिपुर्ती दिलाउने समेत फैसलामा उल्लेख गरिएको छ ।
आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा गत जेठ २६ गते पक्राउ परेका बस्नेतलाई जिल्ला अदालतले गत ८ गते पुर्पक्षका लागी थुनामा पठाएको थियो ।


