Wednesday, July 4, 2012

रौतहटमा प्रहरी र स्थानीयबासीबीच झडप, एक जनाको मृत्यु

काठमाण्डौं, २१ असार । प्रहरी र स्थानीयबासीबीच भएको झडपका क्रममा रौतहटमा एक जनाको मृत्यु भएको छ । एक दर्जन भन्दा बढी घाइते भएका छन् । प्रहरीको गोली लागेर रौतहटको लक्ष्मीपुर गाविसका रमोदप्रसाद यादबको मृत्यु भएको हो ।

स्थानीयबासीले अवरुद्ध गरेको गौर चन्द्रनिगाहपुर सडक खण्ड सुचारु गराउने क्रममा दोहोरो झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन १५ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको प्रहरीले जनाएको छ ।

गत असार १४ गते जन्ति लिएर जाँदै गरेको ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले उक्त ट्याक्टर नियन्त्रणमा लिएको थियो । स्थानीयबासीले भने उक्त ट्याक्टरले ठक्कर नदिएको भन्दै नियन्त्रणमा लिएको ट्याक्टर फिर्ता दिन माग गर्दै आन्दोलन गर्दै आएका थिए ।
- अनलाइनखबर 

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।