Wednesday, July 4, 2012

फेसबुकमा साथी बनाएर होटलमा बलात्कार

काठमाण्डौं, २१ असार । फेसबुक मार्फत चिनजान भएका युवालाई साथी बनाउँदा एक युवती बलात्कृत भएकी छन् । काठमाण्डौं गौशालाकी २० बषिर्या चौधरी थरकी युवती फेसबुक साथीबाट बलात्कारमा परेकी हुन् ।

फेसबुकमा चिनजान भएका दीपेन्द्र रायमाझीसँग भेटेर मित्रता बढाउने क्रममा उनी मंगलबार बलात्कारको शिकार भएकी हुन् । गोंगवुस्थित एक गेष्ट हाउसमा बलात्कार गरेर रायमाझी फरार भएको बताइएको छ ।

६ महिनाअघि चौधरीले रायमाझीसँग फेसबुकमा चिनजान गरेकी थिईन् । फेसबुक साथी भएपछि यिनीहरुबीच नियमित रुपमा च्याट पनि हुने गरेको थियो । च्याट मार्फत नजिकिएपछि रायमाझीले भेट्ने प्रस्ताव राखेका थिए ।

पहिलो भेटमा सहज कुराकानी भए पनि दोस्रो भेटमा गोप्य गफ गर्नु छ भन्दै साथीको कोठामा लाने बहानामा गेष्ट हाउसमा लगेको र करणी गरेको चौधरीको भनाई उदृत गदै एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

प्लस टू सम्मको अध्ययन पूरा गरेकी उनी फेसबुककै प्रयोगले बलात्कृत भएकी हुन् । उनले रायमाझीलाई पक्राउ गर्न माग गर्दै महानगरीय प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएकी छन् ।
- नयाँ पत्रिका दैनिक

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।