लुभेन । नेपाल आदीवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा पीजी शेर्पा निर्विरोध निर्वाचित हुनु भएको छ । प्रथम अधिबेशन यहि ८ जुलाई २०१२का दिन बेल्जियमको लुभेनमा महासंघ नेपालको केन्दि्रय महासचिव आङकाजी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रथम अधिवेशनले पि जि शेर्पाको अध्यक्षतामा ३५ सदस्यीय कार्य समितिको निर्विरोध चयन गरेको हो । जसको उपाध्यक्षद्धयमा महिला अनन्त गुरुङ र मुना राई र पुरुष उपाध्यक्षद्धयामा बाबुराजा लामा र सोम नारायण थनेत थारु , महासचिवमा कुल बहादुर मगर, कोषाध्यक्षमा सागरदास श्रेष्ठ, सचिव क्षिरिङ शेपार्मा र सहकोषाध्यक्षमा बसन्त शेरचन चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा जित बहादुर लामा, भरत लामा, माया तामाङ्ग, लोक बहादुर राना मगर, मार्के मगर, यमुना रोका मगर, श्रीप्रसाद गुरुङ, चित्र गुरुङ, होम बहादुर गुरुङ, दुर्गा गुरुङ, बिनोद महर्जन, राजेन्द्र श्रेष्ठ, राजश्री महर्जन, दिल्लि सुब्बा राई, केजिन राई, देवन राई, कविन्द्र सुब्बा लिम्बु, प्रविन गौचन, सोमत गौचन, मञ्जु शेरचन, ओम थारु, शेर बहादुर छन्त्याल, बिर सिंह प्रजा, सोनाम शेर्पा र फुला शेर्पा चयन भएका छन् । निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलको तर्फबाट राम बहादुर गुरुङ र अनिता लामाले बधाई तथा कार्यकालको सफलताको कामना गर्नु भएको थियो । कार्यक्रममा जानकी गुरुङको अध्यक्षतामा राम बहादुर गुरुङ, बदन योङहाङ, नेत्र मगर र अनिता लामा समेतको एक पाँच सदस्यीय अध्यक्ष मण्डलले ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिले चयन गरेको हो ।
जनजातिको बिभिन्न भेषभुषाको झँाकि सहित राष्ट्रिय गीत बजाएर सुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि आङकाजी शेर्पा तथा विसेस अतिथि महामहिम राजदुत राम मणि पोखरेलले संयुक्त रुपमा मैन बत्ति बालि गर्नु भएको थियो । उद्घाटन सत्रमा बोल्दै नेपाल आदीवासी जनजाति माहासंघका महासचिव तथा कार्यक्रमका प्रमुख अतिथि आङ्गकाजी शेर्पाले आदीवासीहरु सदियौ देखी केन्द्रीय हिन्दुवादी एकात्मक राज्य सत्ताले राज्यको संपुर्ण अधिकारबाट बंचित गर्दै आप\mनै राज्यमा दोश्रो दर्जाको नागरीक भएर बस्नु परेका कारण र आदिवासि जनजातिहरुले भोग्नु परेका समस्याहरुको बिषयमा लामो तर मिठासपूर्ण तरिकाले प्रष्ट पार्नु भयो । शेर्पाले नेपाली आदीवासी जनजातिहरुको आन्दोलन ब्रमाण क्षत्रीहरुसंग नभएर ब्रमाणबादसंग रहेको वताउनुभयो ।
कार्यक्रममा बिषेश अतिथीको आसनबाट अधिवेसनको सफलताको शुभकामाना मन्तब्य दिदै नेपाली दुतावासका राजदुत महामहिम राम मणी पोखरेलले नेपाली आदीवासी जनजाती तथा अन्य जातिहरुमा सहिष्णुता र सद्भावको पक्षलाई ध्यान दिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा जन सम्पर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतमले जातिय आन्दोलनको सम्बन्धमा गम्भिर अध्ययन गर्नु पर्ने कुरा बताउनु भयो । आदिवासि जनजाति संघर्ष समिति जर्मनीका चप्चा राई, एन आर एन बेल्जियमका अध्यक्ष जानकी गुरुङ, मगराँत मुक्ति मोर्चाको युरोप इन्चार्ज बिरमान घर्ति मगर, तमुवान मुक्ति मोर्चा बेल्जियमका मनिस गुरुङ, आदिवासि जनजाति संघर्ष समिति बेल्जियमको संयोजक मेख गुरुङ, आयोजक समितिको तर्फबाट बाबुराजा लामा र लोक राना मगरले अधिबेशनको सफलताको लागी शुभकामना दिनु भएको थियो । सो कार्यक्रमको सभापतित्व तदर्थ समितिका संयोजक पि जि शेर्पाले गर्नु भएको थियो भने सञ्चालन समितिका सचिव कुल मगरले गर्नुभएको थियो । अधिवेसनमा उपस्थित सम्पुर्ण अतिथि तथा उपस्थित महानुभावहरुलाई आयोजकको तर्फबाट समितिका सदस्य राम बहादुर गुरुङले स्वागत मन्तब्य गर्नु भएको थियो ।


