Friday, July 13, 2012

लण्डनमा हुने ३० औ ग्रीष्मकालीन ओलम्पिकको सुरक्षा नेपालीले गर्ने

काठमाण्डौं, ३० असार । लण्डनमा हुने ३० औ ग्रीष्मकालीन ओलम्पिकमा सुरक्षाको जिम्मा नेपाली कम्पनीले पनि पाएको छ । नेपाली कम्पनी गोर्खा सेक्युरिटी सर्भिसेस्ले ओलम्पिक अवधिभर सुरक्षाको जिम्मा पाएको कम्पनीका निर्देशक विष्णु तामाङले जानकारी दिनुभयो । 

मुख्य कन्ट्रयाक्ट दिने क्रममा एकमात्र नेपाली कम्पनी गोर्खा सेक्युरिटी सर्भिसेस् पनि छनोट भएको छ । जुलाई २७ देखि अगस्ट १२ तारिखसम्म हुने खेलकुदको महाकुम्भमा कम्पनीबाट सुरक्षाका लागि एकसयभन्दा बढी नेपाली सुरक्षागार्ड खटिने छन् । यसमा पूर्वगोर्खा सैनिकको संख्या अधिक रहने छ ।

गत जुलाई ११ देखिनै खटिएका ती गार्डले अगस्ट अन्तिमसम्म ओलम्पिकको मुख्य साइट, प्रबेशद्धार, पेरिमिटर, संसद् भवन वरपरको सुरक्षा एवं खेलाडीका सरसामान रेखदेख गर्नेछ ।
- कान्तिपुर दैनिक

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।