Friday, July 6, 2012

उपचारमा दुई करोड ३० लाख रुपैयाँ खर्च, एक वर्षसम्म आइसीयूमै

साउदी अरबिया, २२ असार । वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका चन्देश्वर मुखियाको उपचारमा दुई करोड ३० लाख रुपैयाँ खर्च भइसक्दा पनि अवस्था जस्ताको तस्तै छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई गत डिसेम्बर २८ मा साउदीको दमामस्थित मौवासात अस्पतालमा भर्ना गरिएको थियो तर उनी अझै पनि आईसीयुमा बेहोस अवस्थामै छन् । 

"उपचारमा दुई करोड ३० लाख रुपैयाँ अर्थात (१० लाख रियाल) खर्च भइसकेको छ, तर अवस्थामा कुनै परिवर्तन भएको छैन," गैरआवासीय नेपाली संघ, साउदीका अध्यक्ष धरम केसीले भने ।

उनी इमार अल हदिद कम्पनीमा कार्यरत थिए । उक्त सबै खर्च त्यही कम्पनीले गरेको हो । अहिले सम्मको खर्च रोजगारदाता कम्पनी र बिमा कम्पनीले गरेता पनि अब थप बेहोर्न नमिल्ने जानकारी दिएको छ । उनी युनिक ओभरसिज म्यानपावरबाट गएका हुन् ।

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।