Wednesday, July 4, 2012

घाँस काट्न गएको बेला गैंडाले मार्‍यो, बिग्रिएको मोटर बनाउदा करेन्ट लागेर ज्यान गयो

चितवन, २० असार । पश्चिम चितवनको शुक्रनगर–७, लेभरनगरको जंगलमा गैंडाको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।

६५ वर्षीया दिलमाया थापाको घर नजिकैको जंगलमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा मंगलबार साँझ मृत्यु भएको हो । थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्यस्तै, बिग्रीएको मोटर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा मेघौली–३ बस्ने ४५ बर्षीय खिमबहादुर थापाको ज्यान गएको छ ।

मेघौली–१ बस्ने उजेली कुमालको खेतमा रोपाईं गर्ने क्रममा पानी तान्ने मोटर बिग्रीएपछि मर्मतका लागि पुगेका थापालाई मंगलबार साँझ करेन्ट लागेर घाईते भएका थिए । उनलाई भरतपुर ल्याउने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 
- सौर्य

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।