Wednesday, July 11, 2012

२५ हजार ऋण तिर्न नसकेपछि आत्महत्या

खोटाङ, असार २७ । साहुबाट लिएको ऋण भाकामा तिर्न नसकेको तनावका कारण हौंचुर - ५ का ३७ वर्षीय विष्णु परियारले आत्महत्या गरेका छन् । 

चिसापानीका गोविन्द आचार्यबाट लिएको रु २४ हजार ४९२ ऋण गत असार २५ गतेको भाकामा तिर्न नसकेपछि परियारले विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  

  
हाल सदरमुकाम दिक्तेलको भानुचोकमा डेरा गरी टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएका परियार भाकामा ऋण तिर्न नसकेपछि तनावमा रहँदै आएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । 
- रासस

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।