काठमाण्डौं, २७ असार । काठमाण्डौं बरपर रहेका केही गुम्बाहरुले ‘अनुयायीहरुलाई बास दिएको’ भन्दै विदेशी पर्यटकसँग पैसा लिएर बसाल्न थालेको करिव एक दशकभन्दा बढी भईसकेको छ । तर, अहिले प्रायः सवै गुम्बाले पर्यटकलाई सशुल्क आवासीय सुविधान दिन थालेका छन् । यसले एकातिर होटल व्यवसायी आक्रोशित बनेका छन् भने अर्को तिर सरकारले राजश्व पनि गुमाएको छ ।
गुम्बामा पर्यटक राख्न पाउने वा नपाउने केही व्यवस्था नभएका कारण होटल व्यवसायीले भने गुम्बामा राखिएका पर्यटकहरुबाट कुनै कर लिन नपाईने भएकाले यो कार्य गैर कानुनी भएको र अबैध भएको भन्दै यो कामलाई रोक्न प्रशासनलाई माग गरेका छन् ।
कपन स्थित पोल्हार गुम्बाका एक अधिकारीका अनुसार गुम्बामा बसेको प्रतिरात २५ देखि ७५ अमेरिकी डलरसम्म तिर्नुपर्ने बताईएको छ । कोठाभाडा तिरेपछि साहाकारी खानाखान र अध्यात्मिक प्रवचन सुन्न रकम तिर्नुनपर्ने गुम्बा सञ्चालकले जनाएका छन् ।
राजधानीको कपन क्षेत्रमा मात्रै एक दर्जनभन्दा बढी यस्ता गुम्बाहरु सञ्चालनमा रहेका छन् । विदेशी र नेपालीहरुले पनि यस्तो सुविधाको माग बढी गरेका कारण एक महिना अघि नै बसोबासका लागि बुकिङ गरिसक्नुपर्ने गुम्बाका एक अधिकारीले जानकारी दिएका छन् ।
- कारोबार दैनिक


